खरसाङ। आज जीटीए चुनावको भइरहेको समय नै खरसाङ महकुमा अन्तर्गत सिटोङ क्षेत्रमा रहेको एउटा गाउँले भने रोड नबनिएकोमा भोट बहिष्कार गर्दै रोड मरमत्ति कार्य गरेका छन्। लोवर बढ़ा सिटोङका स्थानीय जनताले गाउँमा गाडी कुद्ने सड़क मार्ग व्यवस्थित हुनुपर्छ भन्दै केही महिना अघि नै ‘नो रोड -नो भोट’ भनिरहेका थिए। आज पनि जीटीए चुनाव भईरहेको समय नै लोवर बढ़ा सिटोङका जनताले भने भोट बहिष्कार गरेर गाउँमा पुग्ने सड़कको मरमत्ति कार्य गरेका छन्। भोटको हाल्नु जानुको सट्टा यहाँका जनता मिलेर रोड मरमत्तिको कार्य गरेका छन्। यस विषयमा स्थानीय लोवर बड़ा सिटोङका एकजनाले बताएअनुसार हामीले जीटीए चुनावमा भाग नलिएर गाउँमा जाने रोडको मरमत्तिको कार्यमा लागेको र भोट गाउँको नजिकै भइरहेको तर हामी जबसम्म कालो रोड बनिन्दैन तबसम्म भोट नहाल्ने भनेर यसरी रोड मरमत्तिको कार्य गरिहेको बताएका छन्। त्यसरी नै यातायातको समस्या भएकोले हामीले जीटीए चुनाव मात्रै होइन तर हाम्रो गाउँसम्म पुग्ने रोड कालो नभएसम्म भविष्यमा पनि कुनै भोट नहाल्ने निर्णय गरेको बताएका छन्।