रक्तदान शिविर साथै अन्तराष्ट्रिय नशा निरोधक दिवस कार्यक्रम

बीरपाडा: बीरपाडा राज्य साधारण अस्पतालको ब्लड ब्याङ्कमा रगतको अभाव चलिरहेकोले स्वेच्छा रक्तदान शिविर मार्फत मदत पुगोस भन्ने उद्देश्यले आज मिलन क्लब लङ्कापाडा एक सामाजिक संस्थाको आयोजनामा मिलन क्लब खेल मैदानमा स्वेच्छा रक्तदान शिविर साथै अन्तर्राष्ट्रिय नशा निरोधक दिवस सम्पन्न भएको जानकारी सो क्लबको कोषाध्यक्ष उमेश लामाले दिएका छन्। आज उक्त अवसरमा समाजसेवी विशाल गुरुङ, रविलाल लामा, कविराज मगर, सुनील दर्नाल, एसएसबी लङ्कापाडाका जवान, स्वराज सोसाइटी सुकुन्टी लाइनका पदाधिकारीहरू अतिथिको रुपमा उपस्थित रहेको थियो। सो शिविरमा जम्मा ३२ यूनिट रक्त सङ्ग्रह गरिएको र वीरपाडा राज्य साधारण अस्पताल ब्लड ब्याङ्कमा जमा गरिएको मिलन क्लबका सभापति अमीर मगरले जनाएका छन्। उक्त कार्यक्रममा अतिथि विशाल गुरुङले मिलन क्लबले लङ्कापाडा क्षेत्रमा विभिन्न सामाजिक कामहरू गर्दै आइरहेको र क्लबको नेतृत्वमा आज यो पुन्य काम भएको र समाजको हरेक व्यक्तिले विभिन्न क्लबहरूलाई सहयोग गर्ने आह्वान गरेको थियो। स्वराज सोसाइटी सुकुन्टी लाइनद्वारा अन्तराष्ट्रिय नशा निरोधक दिवसमा सुकुन्टी लाइनदेखि लङ्कापाडा बजारसम्म नशा सेवन नगर्ने अपील गर्दै ऱ्याली निकालियो जसमा मिलन क्लबको सहभागिता रहेको थियो भनी स्वराज सोसाइटीका सुनील दर्नालले जनाए। स्वेच्छा रक्तदान शिविरमा क्षेत्रका संघ संस्था, एसएसबी, स्थानीय मानिसहरूको सहभागिताको निम्ति सचिव रविमान राईले कृतज्ञता प्रकट गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement