कोलकाता हवाई अड्डामा आगलागी, जॉंचको निम्ति कमिटी गठित

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः कोलकाता हवाई अड्डामा बुधवार राति आगो लाग्यो। हवाई अड्डा प्रबन्धन सूत्रहरू अनुसार, राति ९ः१५ बजी हवाई अड्डाको टेक इन क्षेत्रको ‘डी-पोर्टल’ मा आगो लागेको थियो। लगभग डेढ़ घण्टाको प्रयासपछि आगोलाई नियन्त्रित गरियो। घटनामा कसैलाई चोटपटक लागेको सूचना छैन।

आगो लाग्नुको कारण स्पष्ट भएको छैन। सूत्रहरू अनुसार, शर्ट सर्किटका कारण आगो लागेको हुन सक्ने आशंका छ। घटनाको जॉंचको निम्ति एउटा कमिटी गठन गरिएको छ जसमा हवाई अड्डा अग्निशमन सुरक्षा टीमका साथ पुलिसको टीम पनि सामेल रहेको छ। बिहिवार बिहान हवाई अड्डा प्रबन्धनका शीर्ष अधिकारीहरूले उक्त निर्देश दिए।

हवाई अड्डा प्रबन्धनले घटनाको जानकारी ट्विटरको माध्यमबाट दिएको छ। घटनामा यात्रीहरू सुरक्षित रहेको दाबी गरिएको छ। विमान परिवहन मन्त्री ज्योतिरादित्य सिन्धियाले पनि ट्वीट गरेर घटनामा सबै यात्रीहरू सुरक्षित रहेको जानकारी दिएका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement