खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको शिवखोला ग्राम पञ्चायतबाट पञ्चायत सदस्यको लागि सिमरिङका युवा बिक्की तामाङले पनि स्वतन्त्र उम्मेद्वारको रूपमा नामांकन पत्र बुझाएका छन्। उनी वर्तमानमा युटुब र सामाजिक सञ्जालमा सक्रिय रूपमा पत्रकारक रूपमा कार्यरत् छन्। बिक्की तामाङ शिवखोला ग्राम पञ्चायत अन्तर्गत २४/२४१ बुथबाट पञ्चायत सदस्यको लागि स्वतन्त्र प्रार्थीको रुपमा चुनाव मैदानमा उत्रेका छन्। गाउँ- समाजमा आफ्नो असल छवि रहेको बिक्की तामाङले धेरै समयदेखि स्थानीय मानिसहरुको हक र अधिकारको निम्ति युटुब र सामाजिक सञ्जालको मीडियामार्फत् आवाज बुलन्द गर्दै आइरहेका छन्। उनले खण्ड विकास कार्यालयमा पुगेर पञ्चायत सदस्यको लागि स्वतन्त्र उम्मेद्वारको रुपमा आफ्नो नामाङ्कन पत्र बुझाएका छन्।उनले बताए अनुसार कुनै पार्टीको दबाबमा नआई स्वतन्त्र उम्मेद्वारको रूपमा चुनावमा उत्रेको र यदि जितेको खण्डमा जनसाधारणको जीत हुने अनि जीतपछि पनि स्वतन्त्र रुपमा बसेर नै यसबाट प्राप्त हुने बुनियादी सहुलियतदेखि लिएर उच्च स्तरीय सहुलियतहरू दिलाउने वाचा गरेका छन्। सरकारी अधिकारीदेखि लिएर विभिन्न विभागका अधिकारीहरूसँग जनताकै पक्षमा बोल्ने र काम गर्ने उनी उनले आश्वासन दिएका छन्।