गान्तोक: कोलकातामा इन्डियन चेम्बर अफ कमर्स र विदेश मामिला मन्त्रालयद्वारा आयोजित बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग व्यापार सम्मेलनमा सिक्किमले सहभागिता रहेको छ। बिमस्टेकका सबै सदस्य राष्ट्रहरू बंगलादेश, भोटान, भारत, श्रीलंका, म्यानमार, नेपाल र थाइल्याण्डले आ–आफ्नो च्याम्बर अफ कमर्समार्फत यस बिजनेस कन्क्लेभमा भाग लिइरहेका छन्। प्रदर्शनीसँगै तीन दिनसम्म चल्ने व्यापार सम्मेलनमा बिमस्टेक देशहरूमा व्यापार र लगानी सुधारका प्राथमिकता, अवसर, चुनौतीका बारेमा छलफल हुनेछ। बिमस्टेक सदस्यहरू बीचको अन्तरक्रिया पनि यस व्यापार सम्मेलनको एक हिस्सा रहेको छ। बिजनेस कन्क्लेभमा बिमस्टेक देशका मन्त्रीहरू, महावाणिज्य दूतावासका अधिकारीहरू सहभागी थिए। सिक्किम सरकारका मुख्य आर्थिक सल्लाहकार महेन्द्र पी लामा, सचिवहरु कर्मा आर बोन्पो, एम रविकुमार, सिक्किमका उद्यमीहरू र अन्य अधिकारीहरुले कार्यक्रममा भाग लिइरहेको छ। उद्घाटन सत्रमा महेन्द्र पी लामाले अन्तर्राष्ट्रिय व्यापार प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै बिमस्टेक देशहरूबीच अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि अप्नाउनुपर्ने प्राथमिकताका व्यापार संयन्त्रमा जोड दिए। उनले नरेन्द्र मोदीको गतिशील नेतृत्वमा भारत सरकारले प्राकृतिक स्रोत, मानव संसाधनको सम्भाव्यतालाई उपयोग गर्न उत्तर पूर्वी भारत र पूर्वी एसियालाई नो गो जोन बाट लुक ईस्ट नीतिको धारणामा परिवर्तन गरेको प्रयासलाई पनि प्रकाश पारे। उत्तरपूर्वी भारतमा व्यापार र लगानीको सम्भावना पनि उनले जोर दिए। उनले सामुद्रिक मार्ग र हवाई सम्पर्क सुधार गर्न भारतद्वारा विकास कार्यहरू विस्तार गरेको जानकारी पनि गराए। उनले बिमस्टेक देशहरूबीचको सम्बन्ध र व्यापारिक सम्बन्धलाई अझ प्रगाढ बनाउन राज्य सरकारले काम गरिरहेकोमा जोड दिए। सडक, रेलवे सञ्जाल व्यापार सम्बन्ध सुधार गर्न मात्र नभई बिमस्टेक देशहरूबीच बहुपक्षीय सम्बन्ध, सञ्चार सञ्जाल, आन्तरिक सम्बन्ध, सांस्कृतिक र आध्यात्मिक सम्बन्ध, आपूर्ति शृङ्खला र मूल्य अभिवृद्धिमा पनि विकास भइरहेको बताए। उनले सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेको नेतृत्वमा चिवाभञ्ज्याङ करिडोरलाई नेपाल र भारतबीचको सम्भावित व्यापारिक मार्गको रूपमा पहिचान गरिएको बताए। व्यापार मार्ग खुला भएमा भारत र नेपाल दुवैलाई थप लगानी र विकासको अवसर दिने उल्लेख गरे। उनले भने, सिक्किम सहित उत्तर पूर्व भारतमा दक्षिण पूर्व र पूर्वी एसियाली देशहरुबाट लगानी बढाउने कुञ्जी भनेको ज्ञान र सूचनाको विकास भएको जानकारी गराए।










