विभिन्न पार्टी र निर्दलीय प्रार्थीहरूद्वारा नामांकन पत्र जम्मा

IMG-20230614-WA0439.jpg

सुकेपोखरी: आगमी ८ जुलाईमा सम्पन्न हुने पञ्चायत चुनावमा बिभिन्न दल अनि निर्दलीय प्रार्थीले आफ्नो सहयोगी अनि समर्थकहरूको व्यापक उपस्थितिमा आज आफ्नो सम्बन्धित चुनाव क्षेत्रको निम्ति नामांकन पत्र भर्ने कार्य सम्पन्न गरे।
जोरबङलो सुकेपोखरी खण्ड बिकास अन्तर्गत पञ्चायत समिति अनि ग्राम पञ्चायतको चुनावको निम्ति उम्मेदवार दिन आज नामांकन प्रत्र बुझाउने राजनीतिक दल अनि निर्दलीय प्रार्थीको खण्ड बिकास कार्यालयमा व्यापक उपस्थिति देखियो। पञ्चायत समितिको ३९ आसनमा ६० जाना उम्मेदवारले आफ्नो उम्मेदवारी दिए भने १६ वटा ग्राम पञ्चायतको १४५ आसनमा २२८ अधिक उम्मेदवारले आफ्नो उम्मेदवारी दिएका छन्।
जिटिए प्रमुख कार्यपाल अनित थापा, सभासद अनि आफ्नो दलका समर्थकहरू साथ आज खण्ड बिकास कार्यालय आफ्नो दलका प्रार्थीहरूको साथमा उपस्थित रहेर प्रार्थीहरूको नामांकन प्रत्र बझाए, हाम्रो पार्टीका महासचिव फुरतेम्बा भोटिया, बिजेपी का खण्ड संयोजक सन्जिभ लामा, गोरामुमोका वा ई लामा, सिपिआईएम का के बी वातारको उपस्थितिमा उम्मेदवारहरूले आफ्नो सम्बन्धित चुनाव क्षेत्रको निम्ति नामांकन प्रत्र बुझाउने कार्य सम्पन्न गरे।

About Author

Advertisement