गान्तोकः सिक्किमीस् मूलवासी सुरक्षा संघले सीओआई सम्बन्धित आरटीआईको जवाफ जिल्ला प्रशासनहरूले उपलब्ध नगराएको आरोप लगाएको छ। संघले आरटीआईको जवाफ नपाए सम्बन्धित अधिकारीहरू विरूद्ध कारबाहीको निम्ति पहल गर्ने बताए। संघका अध्यक्ष रतनलाल सापकोटाले आज राजधानीमा आयोजित एक पत्रकार सम्मेलनमा यस्तो आरोप लगाए। संघले सिक्किममा जाली सीओआई विरूद्ध अभियान चलाएको दाबी गरे भने जिल्ला प्रशासनका अधिकारीहरूले सीओआई सम्बन्धित आरटीआईको जवाफ नदिएको आरोप लगाए।
आरटीआईको जवाफमा रेकर्ड छैन भनेर उत्तर आउने गरेको बताउॅंदै रेकर्ड खोज्न कहॉं जानु पर्ने हो भनी उनले प्रश्न गरे। उनले सीओआई जस्तो महत्वपूर्ण दस्तावेजको रेकर्ड छैन भन्छ भने उक्त रेकर्डहरू कसले कहॉं पुऱ्याए स्पष्ट बताउनु पर्छ भनी बताए।उनले जुन व्यक्तिको सीओआईको रेकर्ड छैन उसको सीओआई रद्द गर्नुपर्छ अथवा सम्बन्धित निकायले पुनःप्रमाणीकरण गर्नुर्पछ भने। अधिकारीहरूले आफ्नो जिम्मावारी वहन नगरे संघ अब अधिकारीहरू विरूद्ध आयोगमा जाने पनि उनले बताए।
-हिस









