चौथो जिल्लास्तरीय परामर्श समितिको सभा सम्पन्न

IMG-20230614-WA0474.jpg

गान्तोक: चौथो जिल्लास्तरीय परामर्श समिति २०२२-२३ रो सभा गेजिङ जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। गेजिङ जिल्लाकी जिल्लपाल हिस्से डी.योङदाको अध्यक्षतामा सम्पन्न भएको सभामा नाबार्डका एजीएम लगायत आरबीआईका लिड व्याङ्क प्रबन्धक लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सभालाई सम्बोधन गर्दै अनित लामिछानेले सभा आयोजना गर्नुको मुख्य उद्देश्यबारे प्रकाश पार्दै विशेष गरेर जिल्लाका जिल्ला अधिकारीहरू र व्याङ्कर्सहरू लगायत विभिन्न सरोकारवालाहरू बीच जिल्ला स्तरको समन्वय हासिल गर्ने लक्ष्य राखेको बताए।

यसै क्रममा गेजिङ जिल्लाका जिल्लापाल हिस्से डी. योङदाले कर्जा निक्षेप अनुपात, व्याङ्कर्सले प्राथमिकता प्राप्त क्षेत्र कर्जा र व्याङ्कहरूले एफएलसी सञ्चालन गर्ने सबै एजेन्डाका विषयहरूमा छलफल गरे। राम्रो कार्यसम्पादन गर्ने व्याङ्कहरू र न्यून कार्यसम्पादन गर्ने व्याङ्कहरू बीचको अन्तरलाई जिल्लापाल द्वारा गम्भीरतापूर्वक अवलोकन गरिनको साथैर रणनीतिहरू रणनीति तयार गर्न राज्यमा सञ्चालित व्याङ्कहरूको भूमिकाबारे जानकारी गराइन्।

About Author

Advertisement