शिक्षा सचिवलाई सीबीआईले सोधपुछको निम्ति बोलायो

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः सीबीआईले राज्यका शिक्षा सचिव मनीष जैनलाई नियुक्ति भ्रष्टाचार मामिलामा एक पल्ट फेरि बोलाएको छ। उनलाई बिहीवार सीबीआईको निजाम पेलेस स्थित अफिसमा पेश हुनलाई भनिएको छ। सीबीआईले भर्ती भ्रष्टाचार मामिलामा उनीसित यसअघि पनि एकपल्ट सोधपुछ गरेको थियो। सीबीआई सूत्रहरू अनुसार, गत केही महिनाको जाँचमा मनीषबारे केही नयाँ जानकारीहरू हात लागेको छ। त्यसको आधारमा उनीसित सोधपुछ गर्नसकिन्छ।

भर्ती भ्रष्टाचारमा फंसेका राज्यका पूर्व शिक्षा मन्त्री पार्थ चटर्जीले आफू केवल शिक्षा विभागको मन्त्री थिए तर उनले भर्तीलाई लिएर कुनै फसेला नगरेको धेरै पल्ट सार्वजनिक रूपमा भनिसकेका छन्। सीबीआई सूत्रहरू अनुसार, राज्यका पूर्व मन्त्रीले जाँचकर्ताहरूलाई उनले तत्कालीन शिक्षा सचिवद्वारा पठाइएका भर्ती फाइलहरूमा हस्ताक्षर गर्नेगरेको बताएका थिए।

केन्द्रिय जाँच एजेन्सीको सूत्रहरू अनुसार, पार्थको बयान अनुसार यदि मनीषले फाइल पठाएका थिए भने उनले यस्तो कसको निर्देशमा गरे, यसको पत्तो लगाउनु जरूरी छ। जाँचकर्ताहरूको एक वर्गको भनाई छ, प्रशासनका केही शीर्ष अधिकारी भर्ती घोटालामा सामेल हुनसक्छन्। सीबीआईले भर्तीको फाइलहरू उनको निर्देशमा हस्ताक्षरको निम्ति पार्थ कहाँ पठाइएको थियो कि थिएन यसको जाँच गर्न चाहन्छ। यसैले राज्यका शिक्षा विभागका सचिव मनीषलाई एक पल्ट फेरि बोलाउन सकिने बताइँदैछ।

-हिस

About Author

Advertisement