कोलकाताः तमिलनाडुका बिजली मन्त्री सेन्थिल बालाजीको घर र कार्यालयमा ईडीको छापा अनि पक्राउमाथि मुख्यमन्त्री ममता ब्यानर्जीले प्रश्न उठाएकी छिन्। ममताले भाजपामाथि केन्द्रिय एजेन्सीहरूको दुरूपयोग विपक्षी पार्टीहरूमाथि गरिरहेको आरोप लगाएकी छिन्।
बुधवार बिहान सेन्थिलको पक्राउपछि ममताले ट्विटरमा लेखेकी छिन्, ‘म डीएमके विरूद्ध भाजपाद्वारा राजनीतिक प्रतिशोधमा गरिएको कारबाहीको निन्दा गर्दछु। केन्द्रिय एजेन्सीहरूको दुरूपयोग जारी छ। तमिलनाडुमा मद्य निषेध र उत्पाद शुल्क मन्त्रीको सचिवालय, कार्यालय र उनको आवासमा ईडीको छापा अस्वीकार्य छ। यो भाजपाको निन्दनीय काम हो।’
-हिस









