बिहानै रफ्तारको कहर, अनियन्त्रित भएर रेलिङसिट ठोकियो बस

IMG-20230410-WA0169-11-300x172-3

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकातामा बुधवार बिहानै यहाँ एक तीव्र रफ्तार निजी बस अनियन्त्रित भएर फुटपाथ छेउ बनेको डिवाइडरसित ठोकियो। बस डोरीना क्रसिङदेखि बाबूघाटतिर गइरहेको थियो। छेवैबाट गइऱहेको एक दोस्रो बसलाई उछिनिएर अगाड़ी जाने होड़मा अनियन्त्रित भएर बस फुटपाथमाथि चढ़ेर डिवाइडरसित ठोकियो।

भाग्यवश त्यस समय फुटपाथमा कोही थिएन, जसले गर्दा ठूलो दुर्घटना टर्ऱ्यो। २०५ नम्बर रूटको यो बस जब ठोकियो त्यस समय यसमा यात्री पनि सवार थियो। यद्यपि, कसैलाई गम्भीर चोट लागेन। फुटपाथको रेलिङ भाँचिएको छ। हेयर स्ट्रीट थाना पुलिसले घातक बसलाई जफत गरी चालकलाई हिरासतमा लिएको छ।

-हिस

About Author

Advertisement