विश्वका दिग्गज पहलवान द रकको यो तस्वीर चर्चामा आउनुको कारण यस्तो छ…

00-1-Rock

वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट (डब्लुडब्लुइ)का दिग्गज पहलवान ड्वेन जोनसन अर्थात् द रकको मुभ्सका धेरै फ्यान छन्। जब उनी रिंगमा हुन्छन्, फ्यानहरू उनका एक एक एक्सनमा खुशी हुन्छन्। तर, अहिले यी रेस्लरले डब्लुडब्लुइ रिङमा नभई अभिनयमा आफ्नो योग्यता प्रमाणित गरिरहेका छन्। संसारका सबैभन्दा महँगा अभिनेता मध्ये एक, ड्वेन जोन्सन हलिउडमा पनि सुपरस्टार हुन्। यस्तो अवस्थामा एउटा खबरले सबैलाई चकित बनाएको छ।

वास्तवमा सोसल मिडियामा जोनसनले सनातन हिन्दू धर्म अपनाएको दाबी भइरहेको छ। हातमा पुजाको थाल र घाँटीमा कान्तीको माला लगाएका यी सुपरस्टारको तस्वीरले ट्विटरमा हलचल मच्चाएको छ। एक प्रयोगकर्ताले लेखेका छन्- ‘हलिउड फिल्म स्टार र डब्ल्यूडब्ल्यूई स्टार द रक अर्थात् ड्वेन जोन्सन सरले सनातन धर्म अपनाएका छन्। सनातन धर्मलाई नजिकबाट जान्नेले यसलाई आफ्नो मान्छन्। केही धर्मनिरपेक्ष मानिसहरूलाई यो मन पर्दैनl’

तर, द रकको यो तस्वीरको सत्यताको खोजी गर्दा अर्कै कुरा बाहिर आयो। वास्तवमा द रकको भाइरल तस्विर एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा बनाइएको हो। तपाईंले तस्वीरमा यो पनि देख्न सक्नुहुन्छ, द रकको हातमा कुनै ट्याटू छैन, तर वास्तवमा हलिउड स्टारले धेरै ठूला ट्याटुहरू बनाएका छन्। उनको सोसल मिडिया अकाउन्ट पनि हेर्नुभयो भने हालका तस्विर र भिडियोबाट यो कुरा प्रष्ट हुन्छ। यसको मतलब एआईको कलाकृतिले बनाएको तस्विर हेरेर मानिसहरु अन्योलमा परेको हुनसक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement