नान्डोकमा एक दिवसीय स्वास्थ्य शिविर आयोजित

IMG-20230613-WA0369.jpg

गान्तोक: स्यारी निर्वाचन क्षेत्र अन्तर्गत नान्डोक खण्ड प्रशासनिक केन्द्रमा आज एक दिवसीय स्वास्थ्य जाँच शिविर सम्पन्न भयो। यस कार्यक्रमको उदघाटन स्यारी निर्वाचन क्षेत्र एसकेएमका प्रमुख युवा समन्वयक टेम्पो ग्याछो लेप्चाले गरे। सिक्किम एडस् कण्ट्रोल सोसाइटी, स्यारी हेल्थ र सामाजिक शाखाको पहलमा आयोजित एक दिवसीय स्वास्थ्य शिविरमा एसटीएनएम अस्पतालका चिकित्सकहरूले स्थानीयहरूको रोगको जाँच गरे। आजको यस स्वास्थ्य शिविर अन्तर्गत २ सय भन्दा भन्दा अधिक मानिसहरूले स्वास्थ जाँच गराएको मुख्य अतिथि टेम्पो ग्याछो लेप्चाले जानकारी गराए। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि लेप्चाले राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङको स्वास्थ्य प्रतिको सकारात्मक सोंचको कारण राज्यको विभिन्न स्थानमा हाल स्वास्थ्य शिविरको आयोजना भइरहेको बताए। यसै क्रममा नान्डोक खण्ड प्रशासनिक केन्द्रमा पनि स्थानीयहरूको स्वास्थ्य सुविधालाई ध्यानमा राख्दै यो कार्यक्रम आयोजना गरेको उनले अवगत गराए।आगामी दिनमा यस प्रकारको कार्यक्रम चानमारीमा पनि आयोजना गर्ने योजना रहेको जानकारी गराए। स्थानीयहरूको सुविधालाई ध्यानमा राख्दै हाल विभिन्न वार्डमा स्वास्थ्य शिविर कार्यक्रम आयोजना भइरहेको र यसबाट अहिलेसम्म धेरै मानिसहरूले लाभ उठाइसकेको उनको भनाइ रहेको छ।

यसरी गाउँमा नै चिकित्सकहरू पुगेर रोगीहरूको जाँच गर्नु ठूलो कुरा रहेको र यसले स्थानीय मानिसहरू जो शहरको अस्पतालमा उपचार गर्न जान असमर्थ छन्, उनीहरूलाई ठूलो टेवा पुग्न सक्ने मन्तव्य प्रकट गरे। यसरी गाउँमा नै स्वास्थ्य शिविर आयोजना गरेर गाउँका वृद्ध साथै रोगीहरूलाई ठूलो सहयोग पुगेको केही रोगीहरूले बताए। उनीहरूले जानकारी गराए अनुसार यस प्रकारको कार्यक्रम प्रत्येक 6 महिनामा गाउँमा आयोजना गर्न सकेको खण्डमा गाउँका मानिसहरूलाई ठूलो सहयोग हुने उनीहरूको भनाइ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement