हिमाचल प्रदेशमा भूकम्पको झट्का, मानिसहरूमा त्रास

Earthquake-Signal-copy

शिमला: हिमाचल प्रदेशका विभिन्न भागहरूमा मंगलबार अपरान्ह भूकम्पको गतिलो झट्का महसुस गरिएपछि मानिसहरूमा सन्त्राष फैलिएको छ। काँगड़ा, चम्बा, हमिरपुर र बिलासपुरसहित राज्यका अन्य जिल्लाहरूमा पनि यो झट्का महसुस गरियो। डरले मानिसहरू सबै घर छोड़ेर बाहिर निस्किए। नेशनल सेन्टर फर सिस्मोलजी (एनसीएस) अनुसार भूकम्पको झट्का अपरान्ह १.३३ बजे केही सेकण्डसम्म महसुस गरियो। भूकम्पको तीव्रता रिक्टर स्केलमा ५.४ मापन गरिएको छ। सेन्टरले भूकम्पको केन्द्र हिमाचलसित जोड़िएको जम्मू-कश्मीरको डोडा क्षेत्रमा जमीनको सतहदेखि छह किलोमीटर गहिराईमा रहेको बताएको छ।

राज्य आपदा प्रबन्धन प्राधिकरणअनुसार भूकम्पले राज्यको कुनै पनि क्षेत्रमा कुनै पनि प्रकारको क्षय-क्षति पुऱ्याएको समाचार प्राप्त भएको छैन। भूकम्पको प्रभाव सबैभन्दा बढ़ी काँगड़ा जिल्ला र यस वरपरका क्षेत्रहरूमा देखियो। कम्पनको कारणले घरमा राखिएका सामानहरू हल्लिएर अनियन्त्रित भएका थिए, तर केही क्षणमै सामान्य भयो। उल्लेखनीय छ, हिमाचल प्रदेश भूकम्पको दृष्टिले अत्यन्त सम्वेदनशील क्षेत्र हो। विशेष चम्बा, काँगड़ा र मण्डी जिल्लालाई अति सम्वेदनशील जोन-४ अनि ५ मा सामेल गरिएको छ। सन् १९०५ मा चम्बा र काँगड़ा जिल्लामा आएको विनाशकारी भूकम्पको कारणले दश हजारभन्दा अधिक मानिसहरूको ज्यान गएको थियो। राज्यका अधिकांश क्षेत्रहरूमा पछिल्ला केही वर्षदेखिको लगातार भूकम्पको झट्का लागिरहेकोले मानिसहरू त्रसित छन्। -हिस  

About Author

Advertisement