सिलगढी: सिलगढी मेट्रोपलिटनको स्पेशल अपरेशन ग्रुपले देह व्यवसायको लागि युवतीको फोटो देखाएर ठग्ने दुई जना टोटो चालकलाई पक्राउ गरेको छ। पक्रा पर्ने चालकहरू प्रशान्त शाहा (३१), बापी सूत्रधर (३०) सामेल छन्। यी दुवै भक्ति नगर इलाका निवासी रहेको बताइएको छ। प्रशान्त शाहा र बापी सूत्रधर टोटो लिएर विवेकानन्द रोडमा बस्थे अनि तिनीहरूले पहिला ग्राहकहरूलाई युवतीको फोटो देखाउथे अनि रूपियाँ लिएर ठग्ने गर्थे। यस प्रकारले दस जनाभन्दा अधिक व्यक्तिलाई तिनीहरूले ठगिसकेको आरोप रहेको छ। एकजना ठगको शिकार बनेका व्यक्तिले सोझै पुलिस कमिश्नरलाई यसबारे अभियोग गरेपछि यो मामिलाको जाँच गर्ने दायित्व एसओजी-लाई सुम्पिदिएका थिए। यसपछि देह व्यवसायको नाममा ठग्ने मामिलाको जाँच अवधि गत राति सादा पोशाकमा एसओजीले ग्राहक बनेर प्रशान्त शाहा र बापी सूत्रधरलाई सिलगढीको सेभोक रोडबाट पक्राउ गरेपछि तिनीहरूलाई पानीट्याङ्की आउट पोस्ट पुलिसलाई सुम्पिदिएको छ।