पंचायत चुनाव शान्तिपूर्ण रुपमा गराउन राज्यपालद्वारा अपिल

EVM-1-1

कोलकाता: पंचायत चुनावको लिएर राज्यपाल सीभी आनन्द बोसले पुन: कुनै पनि हालतमा हिंसा सहने छैन भनेर चेतावनी दिएका छन्। जसरी भए पनि पंचायतको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न हुनुपर्छ भन्ने उनको भनाइ छ। राज्यपालले समाजमा शान्ति र सद्भाव कायम गर्न सबैलाई अपिल गरेका छन्। उल्लेखनीय छ, राज्यपालले शनिबार राज्य चुनाव आयुक्त राजीव सिन्हालाई बोलाएर प्रदेश पंचायत चुनावको अवस्थाबारे जानकारी लिएका थिए। त्यसबेला पंचायतको चुनाव कुनै पनि हालतमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नुपर्ने पनि भनिएको छ। उनले समाजमा शान्ति र सद्भाव कायम राख्न पश्चिम बंगालमा पंचायतको चुनाव गराउने जिम्मेवारी सबै दलको भएको बताए।

About Author

Advertisement