अवैध सम्बन्धको आरोपमा स्थानीयले गृहिणीलाई गाउँमा बस्न प्रतिबन्ध

a38ee280-7509-4d5a-8266-aa481967e7eb

जलपाइगढी: अवैध सम्बन्धको आरोपमा स्थानीय मानिसहरूले गृहिणीलाई गाउँमा बस्न प्रतिबन्ध लगाए। घटना सोमबार राति धुपगढीको मगुरमारी–१ ग्राम पञ्चायत क्षेत्रमा भएको हो। उक्त क्षेत्रकी गृहिणीको यसअघि पनि ५ जनासँग वैवाहिक सम्बन्ध रहेको स्थानीयको आरोप छ। जसका कारण उनी घरबाट पनि भागेकी थिइन्। त्यो दिन उनका श्रीमानले फेरि घर ल्याएपछि गाउँलेहरूले विरोध गरे। यसले क्षेत्रमा तनाव सिर्जना भएको छ। घटनाको जानकारी पाएलगत्तै धुपगढी थानाको पुलिस घटनास्थलमा पुगेको थियो। तर गृहिणीले सबै आरोप अस्वीकार गरेकी छन्। उनीहरू भन्छन्, म कतै भागेको छैन। आफन्तको घर गएको थिए।

About Author

Advertisement