एउटा पीडादायी यात्राबाट आनन्दको यात्रा तर्फ…

00-1-Caring-Minds-Pic-2

कोलकाता: दुःखको सट्टा, अर्को एउटी विशेष आमाले कोलकाता एयरपोर्टमा विशेष-आवश्यकमन्द (मानसिक रुपले दिव्याङ्ग)परिवारहरूको लागि हवाई यात्रालाई ‘रमाइलो यात्रा’ बनाउन विशेष कार्यशाला सञ्चालन गरिन्।  केयरिङ माइन्ड्स र एयरपोर्ट अथोरिटी अफ इन्डिया (एएआई)ले संयुक्त रुपमा कोलकाता एयरपोर्टमा एउटा विशेष संवेदनशील कार्यशाला आयोजना गरेको थियो।  विशेष आवश्यकमन्द व्यक्ति वा परिवारले हवाई यात्रा गर्दा भोग्नु पर्ने असुविधा र अवरोधका बारेमा विमानस्थलका अधिकारी, कर्मचारी र विभिन्न एयरलाइन्सका अधिकारीहरूको ध्यानाकर्षण गराउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो। पीडादायी यात्राको सट्टा आनन्दको यात्रा बनोस् यही उक्त कार्यशालाको महत उद्देश्य रहेको थियो।  उक्त कार्यशालालाई एउटी छोरी प्राचीकी आमा मनोचिकित्सक मिनु बुधिया र केयरिङ माइन्ड्स (ओपीडी मेन्टल हेल्थ क्लिनिक) का संस्थापक निर्देशकले सञ्चालन गरेका थिए।

यस पहललाई उपस्थित सबै सहभागी र वरिष्ठ अधिकारीहरूले प्रशंसा गरे। कार्यशालामा मनोचिकित्सक मिनु बुधियाले ह्वीलचेयर चाहिन्दो यात्रुहरूका लागि मात्र नभएर मानसिक अपाङ्गता भएका व्यक्तिहरूका लागि पनि विशेष सहायता केन्द्रहरू स्थापना गर्न आवश्यक रहेको बताउँदै सबै एयरपोर्ट र एयरलाइन्ससँग सम्बन्धित अधिकारीहरू र कर्मचारीहरूलाई यसबारे सचेत गराउन आवश्यक रहेको आह्वान गरेकी थिइन्। उनले धेरै मानसिक रोगहरूको पहिचान गर्न गाह्रो हुने भएकोले यस प्रकारको जागरूकता आवश्यक रहेको बताइन्। बौद्धिक अर्थात मानसिक अपाङ्गतालाई ‘दिव्यांगता’मा समावेश गरिएको छ त्यसैले विशेष आवश्यकता भएका यात्रुहरू र उनीहरूका साथमा अभिभावकहरू ( आमा/भाईबहिनी/अभिभावकहरू) पनि दिव्यांग लेन प्रयोग गर्नका लागि हकदार रहेको सम्बोधन गरीन्। यी सामान्य बिन्दुहरू पालना गर्दा एक अद्भुत उडान अनुभव सुनिश्चित हुने उनले थपिन्।

मनले चाहेको विषयमा बोल्न पाउँदा निकै खुशी लागेको र आफ्ने उद्देश्य मानसिक स्वास्थ्य साथै आवश्यकता परेकाहरु अब ओझेलमा लुकेको छैन भन्ने जागरूकता बढाउनु रहेको बताइन्। आफूले एक आशाजनक भविष्यको लागि काम गरीरहेको जहाँ विशेष आवश्यकताहरू, भावनात्मक चुनौतीहरू र मानसिक स्वास्थ्य समस्याहरू भएका सबै मानिसहरूलाई नियमित मानिसहरू जस्तै समान मर्यादा र सम्मान प्रदान गर्नु रहेको बताइन्। सो शिविरमा भारतीय एयरपोर्ट अथोरिटी (एएआई) का निर्देशक सी पराटी, आईएपीले भने, ‘यो अद्भुत पहल हो।  मिनुजीलाई बधाई दिनै पर्छ किनकि उनले सबै कुरालाई एकै ठाउँमा ल्याउने अद्वितीय कार्यशाला आयोजना गरेर हामीलाई प्रेरणा दिएका छन्।  थप कार्यशालाहरूले पक्कै पनि हाम्रा कर्मचारीहरूलाई अन्य समस्याहरूको गहिराइमा सामना गर्न मद्दत गर्नेछ। एक आमा र मानसिक स्वास्थ्य पेशेवरको रूपमा, म मिनुजीको पहलको प्रशंसा गर्छु।  स्वाभाविक रूपमा, अधिकांश आमाबाबुले आफ्नो बच्चाको पीडा कम गर्ने प्रयास गर्छन्।  मिनुजीले यस सन्दर्भमा धेरै अगाडि बढिसकेका छन् र भारतमा विशेष आवश्यकता भएका व्यक्तिहरूको परिवारको सुधारका लागि काम गरिरहेकी छन्।  यो असाधारण प्रयासमा म उहाँलाई शुभकामना दिन्छुl’

उल्लेख्य, केयरिङ माइन्ड्स एक (ओपीडी) मानसिक स्वास्थ्य क्लिनिक हो जसले बालबालिकादेखि वृद्धसम्म सबै उमेरका बिरामीहरूलाई स्वास्थ्य सेवाहरू प्रदान गर्दछ।  कोलकातामा आफ्नो किसिमको पहिलो क्लिनिकमा, क्लिनिकल, एकेडेमिया र आउटरिचसहित संगठनका ३ विभागहरूमा सचेतना मार्फत विगत १० वर्षमा २५ जनाभन्दा बढी लक्षित व्यक्तिहरूलाई कल्याणको बाटोमा लगिएको छ। सन् २०१३ मा संस्थापक-निर्देशक र मनोचिकित्सक मिनु बुधियाको सक्षम नेतृत्वमा स्थापित, केयरिङ माइन्ड्स अब सबै मानसिक स्वास्थ्य सम्बन्धी समस्याहरूको लागि एउटै छाना (आठ हजार वर्ग फुट) मुनि ‘वान स्टप’ समाधान हो।  संस्थानमा मनोचिकित्सकहरू, मनोवैज्ञानिकहरू (एमफिल आरसीआई दर्ता गरिएका पेशेवरहरू) र प्रख्यात सहयोगी पेशेवरहरू रहेका छन्।

About Author

Advertisement