सिक्किम महिला पत्रकार संघद्वारा विरूवा रोपन साथै सम्मान कार्यक्रम आयोजित

IMG-20230613-WA0123.jpg

गान्तोक: सिक्किम महिला पत्रकार संघको पहलमा आज उत्तर जिल्लास्थित तिन्तेकमा सञ्चालित वृद्ध आश्रमका असहायहरूलाई खाद्य सामग्री प्रदान गरियो। विश्व पर्यावरण दिवसको अवसरमा संस्थाले उक्त स्थलमा विभिन्न प्रजातिको विरूवा रोपन कार्यक्रमको पनि आयोजना गरेको जानकारी गराएको छ। यस कार्यक्रममा मुख्य अतिथिकोरूपमा सामाजिक कार्यकर्ता सिता सुब्बा रहेकी थिइन्। उक्त कार्यक्रममा समाजको विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तितवलाई सम्मान जनाउने कार्य पनि सम्पन्न भयो। विशेष गरेर समाजको निम्ति विभिन्न क्षेत्रमा योगदान पुऱ्याउने व्यक्तिहरूलाई आजको यस कार्यक्रम अन्तर्गत सम्मान जनाइयो।

उल्लेखनीय छ, सिक्किम महिला पत्रकार संघले आफ्नो स्थापनाकालदेखि नै सामाजिक कार्यलाई आफ्नो दायित्व सम्झेर विभिन्न प्रकारको सामाजिक कार्य गर्दै आइरहेको छ। सोही प्रकारले आज उक्त संघले वृद्ध आश्रममा पुगेर त्यहाँ आश्रित मानिसहरूलाई भोजनको पनि प्रबन्धन गरेको थियो।

About Author

Advertisement