बंगालमा पद्मश्रीद्वारा सम्मानित चिकित्सकलाई धम्की

41f83b48-4ff8-457d-b5b0-7a8683e7dff6-18942-00000fb225c372b8_5e2e67a2a153b.jpeg

कोलकाताः सुन्दरबनका गरीब बिमारीहरूलाई उपचार गरे बापत पद्मश्रीद्वारा सम्मानित राष्ट्रीय स्तरमा ख्यातिप्राप्त डाक्टर अरूणोदय मण्डललाई धम्की दिइएयो। उनले सोमवार “हिन्दुस्थान समाचार”-सितको कुराकानीमा भने- ‘मलाई थाहा छैन आगामी दिनमा म सहज रूपमा काम गर्न पाउँछु कि पाउँदिनँ।’

डा.अरूणोदयले लगभग तीन दशकदेखिकै दक्षिण २४ परगनाका सुदूरवर्ती क्षेत्रका रोगीहरूको उपचार गर्दै आइरहेका छन्। उनले भने- ‘मैले मरीचझापी नजिक कुमारमारीमा आफ्नी बहिनीको घरलाई मरम्मत गरेर चिकित्सा केन्द्र बनाएको छु। यहाँ मैले डेढ़ दशकदेखि नै बिमारीहरूको उपचार गर्दै आइरहेको छु। यस सम्पूर्ण क्षेत्रमै चिकित्सा सुविधा छैन। मानिसहरू एकदमै गरीब छन्। बिहान म साढ़े चार बजे उठ्छु र सात बजेदेखि एक बजेसम्म रोगीहरूको जाँच गर्छु। त्यसपछि कोलकाता फर्किन्छु।’

उनले भने- ‘प्रत्येक आइतवार लगभग ८० जना रोगीहरूको जाँच गर्छु, तर म गत आइतवार अर्थात ४ जूनमा म त्यहाँ जान सकिनँ जसले गर्दा हिजो आइतवार धेरै भीड़ थियो। रोगीहरूलाई जाँच गर्नअघि नै मेरा सहयोगीहरूले घोषणा गरे कि 80भन्दा अधिक रोगीहरूले प्रतीक्षा नगरोस्। यदि डाक्टरलाई देखाउनु छ भने तपाईहरूले आफ्नो नाम लेखेर टिकट लिनुपर्छ। यसबीच रिक्शामा आएका एकजना बिमारीले टिकट दिने जिद गर्नथाले। मेरा सहयोगीहरूले यसमा असहमति व्यक्त गरेपछि पञ्चायत अध्यक्ष समक्ष सिकायत गरियो।

पञ्चायत प्रधानले रिक्शा चालकलाई मेरो फोन नम्बर माग्नको लागि च्याम्बरमा पठाए। मेरा सहयोगीले मेरो सट्टा आफ्नो नम्बर लेखेर दिए। केही क्षणपछि उसले त्यो नम्बरमा फोन गरेर छाला काड़्ने धम्की दिँदै भन्यो, म मानिसहरूलाई लिएर आउँदैछु। सहकर्मीले डराएर फोन मलाई दिए। त्यसपछि पञ्चायत प्रधानले मलाई नै धम्की दिँदै आदेश दिए कि आगामी आइतवार रोगीहरूको जाँच गर्नअघि मलाई आएर भेट। मैले जवाफमा आउँदिन भनेर भनें। आवश्यक्ता परे म कुरीमारी आउनै छाड़िदिन्छु पनि भनें।

डा. अरूणोदयले भने- ‘मैले यस मामिलाको रिपोर्ट पुलिस स्टेशनमा गरेको छुइनँ। समय नै थिएन। सात वर्षअघि पनि साहेबखालीका एक क्षेत्रीय प्रमुखले मलाई उनको अनुमति बिना रोगीहरूको जाँच नगर्ने धम्की दिएका थिए।’ उनको भनाइ छ-‘ग्रामीण बंगालमा उपचारको अत्यधिक खाँचो छ। मानिसहरू समस्यामा छन्। यस उमेरमा पनि म कुनै सरकारी समर्थनबिनै सुदूरवर्ती क्षेत्रहरूमा गएर गरीबरूको पक्षमा उभिन्छु। तर मलाई उपहारस्वरूप सत्तारूढ़ दलका नेताहरूको पक्षबाट धम्की प्राप्त हुन्छ!’ सोमवार बिहान अरूणोदयले फेसबुक पोस्टमा लेखे- ‘हिजो पहिलो पटक शासक दलको अहंकारको सामना गर्नुपऱ्यो। अनपढ़हरूको उत्थान भयानक छ। मलाई थाहा छैन कि भविष्यमा म त्यस द्वीपमा सहज ढंगमा काम गर्न पाउनेछु वा पाउनेछुइनँ। यसले गर्दा लाचार गरीब रोगीहरूको मन दुख्छ। फेरि पनि म उनीहरूको बारेमा सोच्दैछु र फेरि म कुमिरमारी जानेछु। अर्कोतिर डर पनि लागिरहेको छ कि साँच्चै नै मेरो छाला काड़्ने त होइन!’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement