रणबीर कपुरको ‘एनिमल’को प्रि-टिजर रिलिज

00-1-Animal

नयाँ दिल्ली: रणवीर कपूरको बहुप्रतिक्षित फिल्म ‘एनिमल’का निर्माताहरूले यसको मनमोहक संसार र रोमाञ्चक कथाको झलक दिँदै फिल्मको रोमाञ्चक प्रि-टिजर सार्वजनिक गरेका छन्। भूषण कुमार द्वारा निर्मित, यो क्लासिक गाथाले भारतीय फिल्म उद्योगका दुई पावरहाउसहरू – निर्देशक सन्दीप रेड्डी वांगा र अभिनेता रणवीर कपूरलाई प्रस्तुत गर्दछl फिल्मको यो प्रि टिजरमा रणवीर एक्शनले भरिपूर्ण अवतारमा देखिएका छन्। फिल्मको उत्साहलाई कायम राख्दै, यो ११ अगस्त २०२३ मा विश्वभरका थिएटरमा हिन्दी, तेलुगु, तमिल, कन्नड, मलयालम गरी ५ भाषामा रिलिज हुने टिजरमा बताइएको छ। प्रि-टिजर हेरेपछि फ्यानले पनि प्रतिक्रिया दिएका छन् र फिल्मलाई उत्कृष्ट कृति भनेका छन्।

भूषण कुमार र कृष्ण कुमारको टी-सिरिज, मुराद खेतानीको सिने१ स्टुडियो र प्रणय रेड्डी वाङ्गाको भद्रकाली पिक्चर्सद्वारा निर्मित एनिमलमा रणवीर कपूरसँगै अनिल कपूर, रश्मिका मन्डन्ना, बबी देओल र तृप्ती डिमरी मुख्य भूमिकामा देखिनेछन्। उल्लेखनीय कुरा के छ भने सन् २०२२ र २०२३ साल रणवीर कपूरका लागि निकै विशेष रह्यो। गत वर्ष उनले आलिया भट्टसँग विवाह गरे भने वर्षको अन्त्यमा उनी छोरी राहा कपूरका पिता बनेका थिए । वर्कफ्रन्टमा, ब्रह्मास्त्र बक्स अफिसमा हिट भएको छ। योसँगै सन् २०२३ मा रिलिज भएको ‘तू झुठी मै मक्कर’ सफल सावित भएको छ, जसका कारण फ्यानहरु एनिमलको प्रतिक्षामा छन्। 

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement