गोर्खा जातिको लागि केही काम गर्नलाई भाजपामा सामेल भएको हो: पेम्बा रिम्पोर्छे

IMG-20230612-WA0361.jpg

खरसाङ: हालैमा भारतीय जनता पार्टीमा सामेल भएका बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले आज खरसाङमा पत्रकार सम्मेलन बोलाएर आफु भाजपामा सामेल भएको विषयमा विभिन्न कारणहरू बताएका छन्। पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिन्दै जुन पार्टीले सही बाटो देखाउँछ, निमुखा जनताको हितमा काम गर्छ र गोर्खा जातिलाई न्याय दिन्छ उसै पार्टीलाई समर्थन र सघाउने भनेको थिए र भाजपा इमान्दार पार्टी लागेको साथै राष्ट्रिय पार्टी भएको अनि गोर्खा जातिको लागि केही गरिरहेको कारणले आफु भाजपामा सामेल भएको बताएका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै पेम्बा रिम्पोर्छेले भने, प्रधानमन्त्री नरेन्द्र मोदीले कसैलाई पक्षपात नगरीकन देशको लागि देश विदेशना राम्रो कार्य गरिरहेको साथै सम्पूर्ण जाति, धर्म र समुदायलाई लिएर कार्य गरिरहेको गोर्खा जातिको लागि पनि केही राम्रो काम गर्नेछ भन्ने आशा छ।’
उनले सांसद राजु विष्ट विषयमा बोल्दै भने, “मैले देखेको अहिलेसम्मको सांसदमा राजु विष्ट गोर्खा जातिको लागि आफ्नो क्षमता अनुसार कार्य गरिरहेको र उनी जनताको घर दैलो र गाउँतिर गईरहेका छन्। उनले आफ्नो पहलबाट हुने हरेक कार्य गरिरहेका छन्। यसको साथै भाजपा ईमान्दार रहेको छ र चोर्ने, ढाट्ने र भष्टचार गर्नेहरूलाई नछोड्ने छन् र म पनि भाजपामा सामेल भएको हो।’
उनले क्षेत्रीय पार्टीले जनताको लागि केही गरेन अनि जातिको लागि झूटो पर्जापट्टा ल्याएर आएको भनी आरोप लगाउँदै चिया गाछहरू पनि उखेल्ने कार्य हुँदैछ जसले गर्दा गोर्खा जातिको अस्तित्व खतरामा रहेको बताएका छन्। उनले अघि भने, क्षेत्रीय पार्टी बंगाल सरकारसित मिलेर कार्य गरिरहेको छ जुन हामीलाई मन पर्दैन। म धर्म नीति गर्दै थिए तर अब राजनीति पनि गर्दैछु। मैले धर्मसितै कर्म र सामाजिक कार्यहरू पनि गर्दै थिए र अब राजनीति पनि गर्नेछु।’
एक प्रश्नको उत्तरमा पेम्बा रिम्पोर्छे (देवभरत लामा)ले भने, म पञ्चायत चुनावको समय भाजपामा सामेल भएको भए पनि पञ्चायत चुनावमा कुनै प्रतिद्वान्दिता गर्दिन तर म आफ्नो मान्छेहरू उठाउन सहयोग गर्नेछु।’
उनले अझ भने, मेरो भाजपासितको सम्बन्ध राजनीति हो र मेरो आफ्नो व्यक्तिगत कर्म र धर्म पनि छ जुन जारी रहनेछ। सामाजिक सेवाको कार्य पनि जारी राख्नेछु। मैले जातिको लागि भाजपामा सामेल भएको र जातिको लागि कार्य गर्नेछु। मैले २०२४ मा चुनाव लड्ने विषयमा केही सोचेको छुइन। भाजपाले गोर्खा जातिको लागि केही हदसम्म कार्य गरेको छ र अब स्थायी राजनैतिक समाधान पनि चाढ़ै हुनेछ र नै म त्यो बुझेर पनि भाजपामा सामेल भएको हो।’

About Author

Advertisement