स्काउटका जवान मनोज छेत्रीलाई सेना सम्मान सहित दिइयो विदाई

गान्तोक। गत २३ जूनको दिन जुलुकमा वाहन दुर्घटनामा परी ज्यान गुमाउने सिक्किम स्काउटका जवान मनोज छेत्रीलाई आज सेना सम्मान सहित साइनोटारमा अन्तिम बिदाइ दिइयो। उनलाई आज अन्तिम श्रद्धाञ्जली अर्पण गर्न मुख्यमन्त्री पी.एस गोलको पक्षबाट मन्त्री बीएस पन्तले पुगेका थिए। यसका साथै सेनालाई प्रतिनिधि गर्दै सिक्किम स्काउटका सीओ कर्नल सतीश पाटील र उनको टोली उपस्थित रहेका थिए। उनलाई सम्मान दिन राङगाङ-याङगाङ निर्वाचन क्षेत्र विधायक राज कुमारी थापा , मुख्यमन्त्रीका प्रेस सचिव विकास बस्नेत, क्षेत्र प्रभारी आर के बस्नेत लगायत अन्यहरू रहेका थिए। ज्ञात रोहस्, जवान मनोज छेत्री लगायत उनको अधिकारी मिरिक निवासी सोम बहादुर सुब्बा आफ्नो कार्यावधि वाहन दुर्घटनामा परी कुपूपमा ज्यान गुमाएका थिए भने दुवैको शहादतमा मुख्यमन्त्री पी एस गोलेले गहिरो शोक व्यक्त गरेका छन्।

About Author

Advertisement