विधायक ढुङ्गेलकोद्वारा श्मशान शेड र अन्य सम्बद्ध कार्यहरूको लोकार्पण

गान्तोक। आज तादोङ निर्वाचन क्षेत्र र चानमारी अन्तर्गत श्मशान शेड र अन्य सम्बद्ध कार्यहरूको लोकार्पण विधायक जीटी ढुङ्गेलको बाहुलीद्वारा भयो। यस पूर्वाधारको निर्माण कार्य १० जनवरी, २०२२मा शुरू गरिएको थियो। निर्माण कार्य सम्बन्धित विभागीय अधिकारीहरूको मार्गदर्शन र देखरेखमा क्रिश्चयन बरियल ग्राउण्ड कमिटीको निगरानीमा पूरा गरिएको बताइएको छ।

विधायक ढुङ्गेलले रिबन काटेर पूर्वाधारको उद्घाटन गरे। यस अवसरमा शहरी विकास विभागका सचिव र अन्य गणमान्य अतिथिहरू उपस्थित थिए। यस अवसरमा सम्मान कार्यक्रम पनि सम्पन्न गरिएको जानकारी कमिटीका सचिव मिलन राईले प्रेस विज्ञप्तिमा दिएका छन्। पूर्वाधारको निर्माण कार्य पूरा गर्न दिन राति खटेकोमा सुपरभाइजर रूबेन तामाङलाई विधायकको हातबाट प्रशंसा पत्र प्रदान गरेर सम्मानित गरियो। उद्घाटन कार्यक्रममा विभागीय अधिकारी, विभिन्न चर्चका पास्टर, एल्डर, युसीडब्ल्युएसएस प्रतिनिधि आदि उपस्थित थिए।

About Author

Advertisement