एसडीएफको पनि राष्ट्रपति चुनाउमा एनडीए उम्मेदवार द्रौपदी मुर्मुलाई समर्थन

गान्तोक। आज एसडीएफ पार्टीको अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङले पनि उनको पार्टीले राष्ट्रपतिको चुनाउमा एनडीए उम्मेदवार द्रौपदी मुर्मुलाई समर्थन जनाउने भनि घोषणा गरेका छन्।

चामलिङले एसडीएफ पार्टी पनि एनडीएकै सदस्य भएको हुनाले आगामी राष्ट्रपतिको चुनाउमा एसडीएफले राष्ट्रपतिको निम्ति एनडीएकी उम्मेदवार मुर्मुलाई भोट दिने बताए। पार्टीले लिएको निर्णय अवगत गराउॅंदै उनले पत्रकारहरूलाई उक्त जानकारी दिएका हुन्।

राष्ट्रपतिको चुनाउमा विधायकहरूले विधानसभामा भोट लगाउनु पर्नेछ भने सांसदहरूले दिल्लीमा भोट लगाउने छन्। उनले आफु पनि विधानसभामा उपस्थित भएर भोट दिने थप जानकारी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *