सिलगढ़ीः बागडोगरामा श्रमिकहरूलाई लिएर गइरहेको एउटा सानो वाहन आइतवार दुर्घटनाको शिकार भयो। घटनामा लगभग १८ श्रमिक घाइते भएका छन्। सबै घाइते श्रमिकहरूको उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा उपचार चलिरहेछ।
प्रत्यक्षदर्शीहरू अनुसार, एउटा सानो वाहन २२ श्रमिकलाई लिएर घोषपुकुरदेखि सिलगढ़ी गइरहेको थियो। तब वाहन बागडोगरा मुनि टी एस्टेट नजिक राष्ट्रिय राजमार्गमा अनियन्त्रित भएर पल्टियो। घटनामा वाहनमा सवार १८ श्रमिक घाइते भए। उनीहरूलाई पहिले बागडोगरा प्राथमिक स्वास्थ्य केन्द्र लगियो। जहाँबाट सबैलाई उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा स्थानान्तरित गरियो। अहिले सबैको उपचार भइरहेछ। घटनाको सूचना पाएर बागडोगरा ट्राफिक र बागडोगरा थाना पुलिस घटनास्थलमा पुग्यो। पुलिसले घटनाकa जाँच शुरू गरेको छ।
-हिस