रक्तदाता रञ्जित मिश्राले १११ पल्ट रक्तदानको बनायो रेकर्ड

96b9e831-f647-4a19-9ec4-83d752a2aa5a

कालचिनीः उत्तराखण्ड देहरादूनमा पुगेर आइतबार आफ्नो जीवनको १११ पल्ट रक्तदान गरेर कालचिनी खण्डको निमती दोमोहनी निवासी तथा वरिष्ठ समाजसेवी रञ्जित मिश्राले रक्तदान क्षेत्रमा रेकर्ड कायम गर्न सफल भएको छ।
आगामी १४ जुनको दिन विश्व रक्तदान दिवसलाई ध्यानमा राखेर देहरादूनका रक्तमित्र परिवारले समाजसेवी रञ्जित मिश्रालाई देहरादून निम्ताएको थियो। आइतबार तिनलाई देहरादूनका रक्तमित्र परिवारले स्वागत जनाउँदै विश्व रक्तदान दिवसको उद्घाटन तिनकै बाहुलीबाट गरेको थियो।
कालचिनी खण्डको निमती दोमोहनी निवासी रञ्जित मिश्रा आफै पनि विभिन्न ब्लड डोनर आर्गनाइजेशनहरूमा सहभागी रहेका छन् भने तिनले गाउँघरबाट अस्पताल पुगेका परिवारलाई रगतको आवश्यकता परे ब्लड ब्याङ्कबाट रगत उपलब्ध गराउँदै आईरहेको र तिनको सुनाम सुनेर उत्तराखण्ड देहरादूनका रक्तमित्र परिवारले तिनलाई विश्व रक्तदान दिवसको उपलक्ष्यमा अग्रिम निमन्त्रणा जनाएकोले तिनी देहरादून पुगेको फोन मार्फत बताएका छन्।

About Author

Advertisement