खरसाङ बजारको वर्ध्दमान रोडमा रहेको फुटेको शौचालयको पाइप मरमत्तिको कार्य शुरु

photocollage_202361120333396.jpg

खरसाङ: खरसाङ नगरपालिका क्षेत्रका जनताको असुविधालाई मध्यनजर राखेर खरसाङ नगरपालिकाद्वारा वर्ध्दमान रोडमा अवस्थित शौचालयको पाइप लाइन मरमत्ति कार्य सम्पन्न गरिएको छ। उक्त पाइप फुटेर विगत केही दिनदेखि धेरै असुविधा भईरहेको थियो। उक्त असुविधालाई ध्यानमा राखेर खरसाङ नगरपालिकाको टिमले आज मरमत्तिको कार्य सम्पन्न गरेका छन्। यय कार्यमा खरसाङ नगरपालिका एसएई सरोज गजमेर, सञ्जय थापा एवं वर्क-एसिस्टेन सोनाम लामाको देखरेखमा ७० मिटर लामो धेरै वर्ष पुरानो शौचालयको पाइप लाइन मरमत्तिको कार्यको शुरुवात गरिएको छ। उक्त मरमत्ति कार्यको शुरुवात ठेकेदार पासाङ खायवाले गरेका छन्। यसर्थ उक्त कार्य जतिसक्दो हप्ता दिनभित्र नै सिध्याउने सोचेका छन् कारण उक्त कार्यले सबै चालक दाजुभाईहरूमा असुविधा हुने साथै ट्राफिक व्यवस्थामा असुविधा हुन गएकोमा खरसाङ नगरपालिका खेदप्रकट गर्दछ भनी खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement