११ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा सेण्ट अल्फन्सेस स्कूलले आफ्नो पहिलो जीत हासिल गऱ्यो। चानमारी मैदानमा आइतवार खेलिएको ग्रुप ए-को म्याचमा सेण्ट अल्फन्सेस स्कूलले हिल्स फूटबल एकाडमीलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सुशान्त घले र अखिल तामाङले गोल गरे। एउटा गोल आत्मघाती रह्यो। हिल्स फूटबल एकाडमीको यो लगातार चौथो हार हो।

आजको पहिलो म्याचमा नितेश देवान मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा सत्यम थापा र प्रतीक गुरुङ थिए। फोर्थ अफिसियलको जम्मेवारी सलिम गुरुङले निर्वाह गरेका थिए।