जूनियर महिला एशिया कप हकी टुर्नामेण्टमा भारत च्याम्पियन

IMG-20230611-WA0260.jpg

११ जूनः भारतीय जूनियर महिला हकी टीमले आइतवार जूनियर महिला एशिया कप २०२३-को फाइनलमा दक्षिण कोरियालाई २-१-ले पराजित गरी पहिलोपल्ट खिताब जित्यो। भारतको यस ऐतिहासिक जीतमा अन्नू र नीलमले महत्त्वपूर्ण भूमिका निर्वाह गरिन्। अन्नूले २२औं अनि नीलमले ४१औं मिनटमा गोल गरी भारतलाई च्याम्पियन बनाइन्। कोरियाई टीमबाट एकमात्र गोल सियोओन पार्करले २५औं मिनटमा गरिन्। साल २०१२ पछि पहिलोपल्ट फाइनलमा पुग्ने भारतीय टीमले पूरा म्याचमा असल प्रदर्शन गऱ्यो अनि टुर्नामेण्टमा एउटा म्याच पनि नहारी ट्रफी जित्यो। भारतले यसअघि सेमिफाइनलमा जापानलाई १-०-ले पराजित गरी फाइनलमा स्थान बनाउनको साथै एफआईएच महिला जूनियर वर्ल्ड कप २०२३-को निम्ति क्वालीफाई गरेको थियो। यसअघि ग्रुप चरणमा भारत र दक्षिण कोरियाबीच म्याच ड्र रहेको थियो तर आज जापानको काकामिगहारामा खेलिएको फाइनलमा परिणाम अलग रह्यो।

About Author

Advertisement