जलाशयमा वाहन पल्टिँदा ३ जना घाइते

IMG-20230530-WA0284.jpg

राजगञ्ज: कुदिरहेको गाडीको चक्का एकाएक खोलिएपछि गाडी अनियन्त्रित भएर जलाशयमा पल्टिँदा तीनजना घाइते भएका घटना सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्गको करतोआ संलग्न बलायगछ इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार एउटा वाहन जलपाईगढीबाट सिलगढीतर्फ गइरहेको समय अचानक वाहनको चक्का खोलिएपछि वाहन अनियन्त्रित भएर सडक किनारको जलाशयमा पल्टियो। घटनामा वाहनमा सवार तीनजना घाइते भएपछि तिनीहरूलाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा पठाएको छ। राजगञ्ज थाना पुलिसले वाहन आफ्नो नियन्त्रणमा लिनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement