बाघडुग्रामा वाहन दुर्घटनामा २२ जना घाइते

IMG-20230611-WA0217.jpg

बाघडुग्रा: बाघडुग्रामा माल वाहक वाहन पल्टिँदा २२ जना श्रमिक घाइते भएका छन्। बाघडुग्राको मुनि चियाकमान नजिक मालवाहक वाहन अनियन्त्रित भएर पल्टिँदा २२ जना घाइते भएको बताइएको छ। आज माल वाहक वाहन घोषपुकुरबाट सिलगढीतर्फ गइरहेको थियो भने उक्त वाहनमा २२ जना श्रमिक सवार थिए। बाघडुग्राको मुनि चियाकमान नजिक राष्ट्रिय राजमार्गमा वाहन अनियन्त्रित भएर पल्टिँदा २२ जना श्रमिक घाइते भएका छन्।

घाइतेहरूलाई तत्कालै उद्धार गरेर बाघडुग्रा प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ बाघडुग्रा थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।

About Author

Advertisement