कोरोमण्डल एक्सप्रेस दुर्घटना भएको स्टेशनमा कुनै ट्रेन नरोकिने

00-1-Rajya-Samachar-2

कोलकाताः ओडिशाको बालेश्वर छेउ जुन बहनगा बजार रेलवे स्टेशन छेउ कोरोमण्डल एक्सप्रेस दुर्घटनाग्रस्त भएको थियो, त्यस स्टेशनमा अब कुनै ट्रेन रोकिने छैन। साउथ ईस्टर्न रेलवेका मुख्य जनसम्पर्क अधिकारी आदित्य कुमार चौधरीले शनिवार उक्त जानकारी दिए। उनले भने, दुर्घटनापछि रेल मन्त्रालयको अनुरोधमा जॉंच गरिरहेको सीबीआईले स्टेशनको लग बुक, रिले प्यानल र अन्य उपकरणहरू जफत गरेको छ। साक्ष्यहरूसॅंग छेडछाड नहोस भन्न खातिर स्टेशनमा कुनै पनि ट्रेन रोक्न अहिले अस्थायी प्रतिबन्ध लगाइएको छ।

चौधरीले भने, गत हप्ता शुक्रवार रेल दुर्घटनापछि सोमवार अप र डाउन लाइनमा रेलवे यातायात पुनर्बहाल गरिएको थियो। प्रतिदिन कम्तिमा सात लोकल ट्रेन यहॉं रोकिॅंदै थियो। तर, दुर्घटनापछि यहॉं लोकल ट्रेनको स्टपेज बन्द गरिएको छ। प्रत्येक दिन यहॉंबाट १७० ट्रेन चल्छ भने सबै ट्रेनहरू सुचारू रूपमा चलिरहेका छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement