उम्मेदवारहरूको सूची जारी हुन अगावै युवा तृणमूल नेता भाजपामा सामेल

00-1-Chhetriya-Samachar-1

कोलकाताः तृणमूल कांग्रेसका उम्मेदवारहरूको सूची जारी हुन अगावै अलिपुरद्वार जिल्लामा एक युवा तृणमूल नेता भाजपामा सामेल भएका छन्। युवा तृणमूल कांग्रेसका स्थानीय अध्यक्ष आशीष राय शनिवार दिउॅंसो अलिपुरद्वार जिल्लाको रंगलीबजनामा भाजपामा सामेल भए।

देवेन्द्रपुर निवासी आशीषलाई भाजपाका स्थानीय नेता सञ्जीव दास, जिल्ला युवा मोर्चाका उपाध्यक्ष पवन शाह र अन्यले झण्डा सुम्पिए। यस अवसरमा आशीषले भने, उनी २०११ देखि तृणमूल कांग्रेसमा थिए। केही मतभेदका कारण उनी पार्टीबाट टाडिॅंदै गए। उनी मानिसहरूको निम्ति काम गर्न भाजपामा सामेल भएका हुन्। भाजपा नेतृत्वहरूले पनि आशीष सामेल भएपछि संगठन बलियो बनेको बताएका छन्। यस बीच स्थानीय तृणमूल नेता नूर आलम अहमदले भने, आशीषले आफ्नो पत्नीको निम्ति टिकट मागेका थिए। पार्टीले उनको मागलाई अस्वीकार गरेपछि उनी भाजपामा सामेल भएका हुन्।

About Author

Advertisement