गुण्डागर्दीको परीक्षाः आईएसएफ उम्मेदवारलाई फारम दिॅंदा सरकारी कर्मचारीसॅंग कुटपिट

00-1-Rajya-Samachar-2

कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको तारिक घोषणा भएपछि शुक्रवारदेखि नामांकनको प्रक्रिया शुरू भएको छ। अर्कोतिर, सोही दिनदेखि लगातार हिंसा, हत्या र झगडाका घटनाहरू अगाडि आइरहेका छन्। आईएसएफका एक उम्मेदवारलाई नामांकनको फारम दिॅंदा सरकारी कर्मचारीले कुटाई खाएको घटना प्रकाशमा आएको छ। घटना शनिवार दिउॅंसो दक्षिण २४ परगना जिल्लाको भांगड दुई नम्बर बीडीओ कार्यालयमा भएको हो। सरकारी कोषाध्यक्ष विद्युत घोषले कुटाई खाएका छन् भने उनी गम्भीर रूपमा घाइते भएका छन्।

बीडीओसहित अन्य कर्मचारीहरूले कुटपिट भएको कुरा स्वीकार गरेका छन्। यस घटनाको सम्बन्धमा प्रशासनका शीर्ष अधिकारीहरूलाई जानकारी दिइएको छ। भांगडका तृणमूल प्रभारी शौकत मोल्लाले आरोपितहरू विरूद्ध कारबाही गर्ने आश्वासन दिएका छन्। बीडीओ कार्तिक चन्द्र रायले कार्यालयमा काम गर्ने कर्मचारीमाथि निर्मम कुटपिट भएको बताए। आईएसएफ उम्मेदवार कादिरले भने, यो घटनाले स्पष्ट हुन्छ कि बंगालमा लोकतन्त्रको स्थिति कस्तो छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement