मन्त्री बीएस पन्त ‘रिसर्जेन्ट नर्थ इस्ट’ सहभागी बने

bsp_624

गान्तोकः आईपीआर तथा पर्यटन विभाग मन्त्री बीएस पन्त आज गुवाहाटीमा दूरदर्शन समाचार सम्मेलनको अन्तर्वार्ता ‘डीडी डाइलग’ नामक कार्यक्रममा सहभागी बने। उक्त एक दिवसीय कार्यक्रमको थीम ‘रिसर्जेन्ट नर्थ इस्ट’ थियो।

यस अवसरमा मन्त्री पन्तले ‘सिक्किम मार्चिङ अहेड’ विषयमाथि आफ्नो कुरा राखेका थिए। उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको कुशल नेतृत्वमा राज्य सरकारले शुरू गरेका अभिनव पहलहरूमाथि प्रकाश पारे। उनले विशेष रूपमा शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको क्षेत्रमा सरकारका जनमुखी पहलहरूको बारेमा जानकारी गराए।

सम्मेलनमा विभिन्न राज्य र केन्द्रशासित प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू, केन्द्रिय केबिनेट मन्त्रीहरू, वरिष्ठ अधिकारीहरू, सुरक्षा बलका वरिष्ठ अधिकारीहरू, चर्चित उद्यमीहरू आदि उपस्थित रहेका थिए।

-हिस

About Author

Advertisement