कालचिनीः गत ९ जुनको दिन कालेबुङमा वेस्ट बेङ्गल कमिशन फर प्रोटेक्शन अफ चाइल्ड राइट्सद्वारा विभिन्न प्रतिभाहरूलाई आ-आफ्नो क्षेत्रमा सम्मान प्रदान गर्ने क्रममा कालचिनी गोदाम लाईन निवासी ३२ बर्षीय लेडी फूटबलर वर्तमान सिभिक भोलिन्टियर्समा कर्तव्यरत सीमा लोहारलाई पनि खेल क्षेत्रमा चाइव्ड राइट्स कमीशनले सम्मान प्रदान गरेका थिए। सीमा लोहारलाई सम्वर्द्धना र स्मृति चिन्हसितै १० हजारको चेक पनि प्रदान गरिएको थियो।
कालेबुङबाट कालचिनी घर फर्किएकी सीमा लोहारलाई शनिबार तृणमूल युवा कंग्रेसको पक्षबाट खदा र फुलको गुच्छा दिएर स्वागत जनाईयो। तृणमूल युवा कंग्रेसको कालचिनी ब्लक सभापति पवन योल्मोले सीमा लोहार एकजना चियाबारी गाउँको साधारण केटी जसले फूटबल खेल्दै सिभिक भोलिन्टियर्सको सेवा पनि गर्दै आईरहेकोले तिनलाई स्टेट चाइल्ड प्रोटेक्शन कमीशनले यो सम्मान गर्दा हामीलाई गर्व महसूस भएकोले सीमा लोहारलाई यसको निम्ति स्वागत तथा सम्वर्द्धना गरीएको जनाएका छन्। यता सम्मानित भएर फर्किएकी सीमा लोहारले गर्व लागेको बताउँदै आफू जस्तै अन्य युवतीहरूलाई पनि खेलमा चासो लिन प्रोत्साहित गर्ने बताएकी छन्।