आमाको हत्या गरी शव सेफ्टी ट्याङ्कमा फ्याँक्यो, आरोपित छोरा पक्राउ

IMG-20230528-WA0320.jpg

अलिपुरद्वारः जिल्लाको फालाकाटा वार्ड नम्बर-१३ को मिल रोड क्षेत्रमा एक वृद्ध महिलाको हत्याको आरोप उसको छोरामाथि लागेको छ। शनिवार पुलिसले आरोपित छोरा बप्पा चटर्जीलाई पक्राउ गऱ्यो। आरोपितमाथि आफ्नी आमाको हत्या गरी शवलाई सेफ्टी ट्याङ्कमा लुकाएको आरोप छ। मृतकाको पहिचान माया चटर्जी (६५) को रूपमा गरिएको छ।

प्राप्त जानकारी अनुसार, पारिवारिक विवादको कारण बप्पाले आफ्नी आमाको हत्या गरी शवलाई शौचालयको सेफ्टी ट्याङ्कमा फ्याँकेको थियो। पुलिसले घरको सेफ्टी ट्याङ्कबाट शनिवार माया चटर्जीको शव उद्धार गरेको छ।

घटनाको सम्बन्धमा वार्ड पार्षद मनोज साहाले भने, आमा-छोराबीच धेरै दिनदेखि जमीन-सम्पत्तिलाई लिएर विवाद भइऱहेको थियो। यसैलाई लिएर बप्पाले आफ्नी आमाको हत्या गरी अपराध लुकाउनका लागि शौचालयको सेफ्टी ट्याङ्कमा शव फ्याँक्यो। यो जघन्य अपराध हो। आरोपित छोराले कड़ाभन्दा कड़ा सजाय पाउनुपर्छ।

-हिस

About Author

Advertisement