न्युयोर्क: दोस्रो विश्वयुद्ध ताका डुबेको अमेरिकी नौसेनाको पनडुब्बी भग्नावशेषसहित समुद्रमुनि फेला परेको छ। युएसएस स्यामुएल बी रोबर्ट्स प्रशान्त महासागर मुनि फेला पारेको छ। स्यामी बी भनेरसमेत चिनिने उक्त जहाजलाई जुन २३ मा टेक्सासका अन्बेषक भिक्टोर भेस्कोभोलेले पत्ता लगाएका हुन्। भेस्कोभोलेले विश्वको गहिरो बिन्दुहरूमा आफ्नो अभियान पूरा गरिसकेका छन्l उक्त पनडुब्बी फिलिपिन्स सागरमा ६९८५ मिटरको गहिराईमा थियो। जहाज लगभग ८० वर्षपछि फेला परेको छ। यो युद्ध ताका सन् १९४४ को अक्टोबरमा फिलिपिन्स सागरमा डुबेको थियो। यामाटोसहित तीन जापानी युद्धपोतविरुद्धको वीरतापूर्ण लडाइको लागि यो जहाजलाई सम्झिन्छ। उक्त अमेरिकी जहाजमा चालक दलका २२४ सदस्य थिए, जसमध्ये ८९ जनाको मृत्यु भएको थियो। क्याप्टेन रोबर्ट डब्ल्यू कोपल्यान्ड बाँचेका मध्ये एक थिए।








