खरसाङ सुपर लीगचैतेपानी एफसी-को एकतर्फी जीत

photocollage_2023610173834429.jpg

१० जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा चैतेपानी फूटबल क्लबले एकतर्फी जीत हासिल गऱ्यो। चानमारी मैदानमा शनिवार खेलिएको ग्रुप ए-को म्याचमा चैतेपानी एफसी-ले खरसाङ भेटरन्सलाई ६-०-ले पराजित गऱ्यो। विजेता टीमबाट तेञ्जिंग भूटियाले ह्याट्रिक गरे। यसबाहेक अनुकूल तामाङ र सञ्जीव सिंहले १-१ गोल गरे। यसबाहेक खरसाङ भेटरन्सका खेलाड़ीले पहिलो हाफको खेलमा एउटा आत्मघाती गोल गरे। आजको पहिलो म्याचमा प्रमोद प्रधान मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा सत्यम थापा र सलिम गुरुङ थिए। फोर्थ अफिसियलको जम्मेवारी प्रतीक गुरुङले निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement