सिलगढी: सिलगढी ग्रेटर यूथ लायन्स क्लब र हिलकार्ट रोड ट्रेडर्स एसोसिएसनलेरक्त संकट समाधान गर्न सिलगढीमा रक्तदान शिविरको आयोजना गर्यो। उक्त रक्तदान शिविरकाे आयोजना हिलकार्ट रोड ट्रेडर्स एसोसिएसनको कार्यालयमा
गरियाे। उक्त शिविरमा सिलगढी तराई लायन्स ब्लड बैंकले सहयोग गरेको छ। शहरमा रगतको अभाव पूर्ति गर्न शिविर आयोजना गरिएको आयोजकले जनाएको छ। शिविरबाट संकलन गरिएको रगत सिलगढी तराई लायन्स ब्लड बैंकमा पठाइन्छ।