कोलकाता: पश्चिम बङ्गालमा पंचायत चुनावका लागि नामांकनको पहिलो दिन शुक्रबार हिंसा शुरू भयो। मुर्शिदाबादको खरग्रामको रतनपुर नलदीप गाउँमा राति कांग्रेस कार्यकर्ताको हत्या गरिएको छ। यस हत्याकाण्डमा चार जना घाइते भएका छन्। सत्तारूढ़ तृणमूल कांग्रेसका केही कार्य़कर्ताहरूमाथि हत्याको आरोप लगाइएको छ।
गाउँलेहरू अनुसार, रतनपुर नलदीप गाउँमा साँझको बेला ४२ वर्षीय कांग्रेस कार्यकर्ता फूलचन्द शेख आफ्नो घरअघि छोरालाई काखमा लिएर बसेका थिए। छेवैमा धेरैले ताश पनि खेलिरहेका थिए। स्थानीय तृणमूल कांग्रेस नेता रफीकको नेतृत्वमा लगभग १५ त्यहाँ पुगेर फूलचन्दलाई घेर्दै उसलाई छेवैबाट छह पल्ट गोली हिर्काएको आरोप छ। फूलचन्दलाई बचाउन आएका केही मानिसहरूलाई कुटेको पनि आरोप छ। कुटपिटमा चार जना घाइते भए। यसपछि अपराधीहरू त्यहाँबाट भागे। रगतले लतपत फूलचन्दलाई स्थानीय अस्पतालमा लगियो। अबेर राति स्थिति अझ् खराब हुँदा कान्दी अस्पताल सारियो, र त्यहाँ उनको मृत्यु भयो।
समाचार अनुसार, पंचायत चुनाव हिंसामा ज्यान गुमाउने कांग्रेस कार्यकर्ता प्रवासी मजदूर फूलचन्द दश दिनअघि मात्र गृहराज्य केरलाबाट फर्केका थिए। उसकी आमा मरीना बीबीले तृणमूल कार्यकर्ताहरूले उनको छोराको हत्या गरेको आरोप लगाएकी छिन्। ‘हामी मर्न तयार छौं, तर कांग्रेस छोड्ने छैनौं’, उनले भनिन्। तृणमूल कांग्रेसले कांग्रेस कार्यकर्ताहरूलाई डर देखाउनका यो कायरतापूर्ण कार्य गरेको आरोप कान्दीका पूर्व विधायक एवं कांग्रेस नेता सफीउल आलम खानले लगाएका छन्l प्रदेश कांग्रेस अध्यक्ष अधीर चौधरीले भने, ‘बङ्गालमा चुनावको नाममा तमाशा चलिरहेछ। यदि गोलीले सत्ता हथ्याउने इच्छा थियो भने ब्यालटको नाटक गर्ने आवश्यकता के थियो?’ घाइते कांग्रेस कार्यकर्ता साहेबन शेखले यो हमला राजनीतिक कारणहरूले गरिएको बताए। -हिस








