पंचायत चुनावअघि हिंसा- शुभेन्दुले उठाए प्रश्न

Shubendu-Adhikari

कोलकाता: पश्चिम बङ्गालमा पंचायत चुनावका लागि नामांकनको पहिलो दिन नै शुक्रबार राति मुर्शिदाबादको खरग्राममा कांग्रेस कार्यकर्तालाई गोली हानी हत्या गरेको आरोप छl यसलाई लिएर भाजपा विधायक एवं नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले मुख्यमन्त्री ममता ब्यानर्जी र राज्य चुनाव आयोगको कडा आलोचना गरेका छन्। शनिबार बिहान उनले ट्वीट गरे, ‘बिहानीले बताउँछ, आज दिन कस्तो बित्नेछ। नामांकनको पहिलो मुर्शिदाबादको खरग्राममा तृणमूल कांग्रेसकाहरूले फूलचन्द शेखलाई पंचायत चुनावको पहिलो शिकार बनाएका छन्। अन्य तीन जना घाइते भएका छन्। यो त केवल एक शुरूआत हो। पश्चिम बङ्गालवासीहरूले आफूलाई अहिलेसम्मको सबैभन्दा बर्बर रक्तपातका लागि तयार राखुन् किनभने राज्य चुनाव आयोग र पश्चिम बङ्गाल सरकारले आफ्नो राजनीतिक हितहरूवाई राज्यवासीहरूको जीवनभन्दा माथि राख्दै साँठगाँठ गरेको छ। ममताको पुलिसले कुनै सुरक्षा दिन सक्नेछैनl’ उल्लेख्य, विपक्ष पंचायत चुनावको सुरक्षा केन्द्रिय बलहरूको देखरेखमा सुम्पिने माग राखेको छ। यद्यपि, कलकत्ता उच्च अदालतले केन्द्रीय बलहरूको तैनाथीको फसेला राज्य सरकारमाथि छोड़ेको छ। -हिस

About Author

Advertisement