अब ‘नर्कको दैलो’को रहस्य खोलिने

Hell-Gate

अब ‘नर्कको दैलो’को रहस्य खोलिने भएको छl धेरै अघिदेखि नै यो ‘नर्कको दैलो’ हेर्ने मानिसहरुको चाहना अब पूरा हुनेछl मानिसहरूले ‘नर्कको दैलो’ हेर्ने मौका पाउनेछन्। यो गेट टर्कीको पश्चिमी प्रान्तको डेनिजलीमा अवस्थित छ, यो २१ जूनमा पहिलो पटक पर्यटकहरूका लागि खोलिएको थियो। डेलिसबाहको रिपोर्टका अनुसार यसअघि यो ठाउँ पर्यटकका लागि बन्द गरिएको थियो। यस ठाउँको बाहिर ग्रीक देवता हडेसको मूर्ति छ। जसलाई ‘अण्डरवर्ल्डको भगवान’ भनिन्छ। तीनवटा टाउको भएको उनको मूर्तिमा सेर्बेरस नामको कुकुर पनि उनीसँगै छ।

यस ठाउँको नामकरण वैज्ञानिक र धार्मिक दुवै तथ्यमा आधारित छ। धेरै पहिले यहाँ बलिदानका लागि ल्याइएका पशुहरूलाई साँघुरो बाटो हुँदै मैदानमा ल्याइने गरिन्थ्यो। देवताहरूलाई खुशी पार्न यो बलिदान दिइन्थ्यो। सन् २०१३ इटालीका प्रोफेसर फ्रान्सेस्को डी’आन्द्रेले एउटा अध्ययन शुरु गरेका थिए। यस अध्ययनमा जनावरको बलि दिइने गेटमा जमिनबाट ठूलो मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन भइरहेको कुरा बाहिर आएको थियो। २०१३ को अभियान पछि क्षेत्र विषाक्त उत्सर्जनको कारण सुरक्षा कारणले बन्द गरिएको थियो। किनभने धेरै शताब्दीदेखि यसतर्फ कसैको ध्यान गएको थिएन। पहिले जनताको ध्यान ‘गेट’मा मात्रै थियो। टुर गाइड मुहर्रम अल्डिबसले भने ‘द डोर अफ हेल’ विशेष ठाउँ हो। उनी पहिले यो ठाउँमा आउन चाहन्थे, यो ठाउँले पामुक्कले आउने मानिसहरुको ध्यान आकर्षण गर्नेछl बर्साबाट आएकी पर्यटक ह्याटिस एन्टर्कले यहाँको गेटको अस्तित्वबारे आफूलाई थाहा भएको बताइन्। उनी यहाँ आउने पहिलो यात्रीमध्येकी हुन्। त्यसैले उनी निकै खुशी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement