सामसिङ। सामसिङ संलग्न क्षेत्र वरिपरि विगत तीन दशकदेखि यता शिक्षाको उर्वर भुमिमा खेती गर्दै आईरहेको लोवर लाईन स्थित गैर – सरकारी स्कुल ‘प्याराडाइस इंगलिश स्कुल´ को यस भेकमा छुट्टै महत्त्व र गरिमा कायम छ। वर्षेनी यस स्कुलबाट मध्यम तथा निम्न आर्थिक तप्काका परिवारबाट आएका विद्यार्थीहरूले माध्यमिक बोर्ड परीक्षामा अब्बल अंक आर्जन गरि विद्यालयको सुनाम अझ दोब्बर पारिरहेका दृश्य कसैसँग लुक्न सकेको छैन। यसरीनै पुनः यसवर्ष पनि माध्यमिक परीक्षामा विद्यालयका दुईजना विद्यार्थीहरू क्रमैले अनुष्का छेत्री ७९ % अनि शिवाङ्गी थापाले ६९ % ले अंक हासिल गरेबापत आज यी दुई मेघावी विद्यार्थीहरू लगायत तिनीहरूका अभिभावकहरूलाई पनि विद्यालय पक्षको तर्फबाट सम्बर्दना जनाइयो भने सम्वर्दित विद्यार्थी लगायत उपस्थित अतिथिवर्गले कार्यक्रमलाई सम्बोधन गरे।

समारोहमा विधालयका प्राचार्य ललित प्रधान सँगसँगै समाज सचेतक बद्रीनारायन प्रधानको मुख्य आतिथ्य्मा अनि शिक्षक प्रितम राणाको प्रमुख अतिथिको उपस्थितिबीच सामसिङको अग्रणी मिडिया च्यानल सामसिङ सेरोफेरोलाई पनि स्मृति चिन्ह प्रदान गरिएको थियो। भब्य रङ्गारङ्गी कार्यक्रमबीच विद्यार्थीहरूद्वारा कविता पाठ, गीत अनि नृत्यहरू पनि प्रदर्शन गरियो भने विद्यालयका समस्त विद्यार्थीगण शिक्षण तथा अशिक्षण कर्मचारीहरूको भरपुर सहयोगिताले सम्पन्न कार्यक्रममा सह – शिक्षिका सोनिया भुजेलले सञ्चालकको भुमिका निर्वाह गरेका थिए।









