सडक दुर्घटनाको पूर्ण छानबिन गर्न र होटल बन्द गर्न माग गर्दै लङ भ्यू क्षेत्रका जनताले गरे नाकाबन्दी

IMG-20230609-WA0371.jpg

सिलगढी: लङ भ्यूका बासिन्दाहरूले दुधिया क्षेत्रमा सडक अवरुद्ध गरेर दुधिया क्षेत्रको एक होटल बन्द गर्न र बाइक दुर्घटनाको गहन छानबिनको माग गर्दै विरोध प्रदर्शन गरे। कर्सियाङ प्रहरी चौकीको धेरै पुलिसबल घटनास्थलमा पुगेर घटनालाई शान्त गराएको थियो। उल्लेखनीय छ, जुन ६ मा राति १२ बजेतिर मोटरसाइकल दुर्घटनामा तीन युवा गम्भीर घाइते भएका थिए। जसमध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो। उनीहरु मध्ये एकको अवस्था गम्भीर रहेको र उनको उत्तर बङ्गाल मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको छ। घाइते र मृतक सबै लङ भ्यू क्षेत्रका बासिन्दा हुन्। दुधिया क्षेत्रको एक होटलमा अवैध रुपमा मदिरा बिक्री हुने घटनाको पूर्ण छानबिन गर्न माग गरेको छ। होटल बन्द गर्न माग गर्दै लङ भ्यू क्षेत्रका बासिन्दाले सडक अवरुद्ध गरी विरोध प्रदर्शन गरेका छन्। पछि पुलिसको हस्तक्षेपले स्थिति सामान्य भएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement