राजगञ्ज: आज राजगञ्ज बीडीओ कार्यालयमा विभिन्न राजनीतिक दलका प्रार्थीहरूले आफ्नो नामाङ्कन पत्र जम्मा गर्यो। नामाङ्कन प्रक्रिया जम्मा गर्ने पहिलो दिन आज भाजपा पार्टीले विशेष रूपमा नामाङ्कन पत्र जम्मा गरेको देखियो। भाजपाले आज राजगञ्ज बीडीओ कार्यालयमा पञ्चायतका उम्मेदवारको रूपमा ११ जना उम्मेदवारी दर्ता गराएको छ। यदि सही समयमा मनोनयनपत्र पाएको भए थप उम्मेदवारी दर्ता गर्न सक्ने भाजपाले दावी गरेको छ। भाजपा नेता देवाशीष दे-ले भने, आज ५० जना प्रार्थीको नामाङ्कन पत्र जम्मा गर्ने लक्ष्य राखेको थियो तर नामाङ्कन पत्र प्राप्त गर्नमा अविलम्ब भयो। भोलि पनि अझ नामाङ्कन पत्र जम्मा गरिनेछ। आज शान्तिपूर्ण ढङ्गमा पहिलो दिनको नामाङ्कन पत्र जम्मा गरियो भने भोलि पनि यहीँ प्रक्रिया जारी राख्ने तिनले प्रशासनसमक्ष माग गरे।











