दार्जिलिङ: जीटीए क्षेत्रमा पञ्चायत चुनाव आगामी 8 जुलाईको दिन सम्पन्न हुने भएको छ। आज पश्चिम बंगाल सरकारले एक अधिसूचना जारी गरेर आगामी ८ जुलाईको दिन जीटीए क्षेत्रमा पञ्चायत चुनाव हुने घोषणा गरिएको छ। अधिसूचना अनुसार जीटीए क्षेत्रका दुईवटा जिल्लाहरू दार्जिलिङ र कालेबुङमा दुई स्तरीय पञ्चायत चुनाव सम्पन्न हुने भएको छ। पहाड़मा पञ्चायत चुनाव आगामी 8 जुलाईको दिन सम्पन्न हुने भएको छ भने मतगणना आगामी ११ जुलाईको दिन सम्पन्न हुने भएको छ। पहाड़मा आगामी ८ जुलाईको दिन सम्पन्न हुने भनिएको पञ्चायत चुनावको लागि ९ जूनदेखि १५ जूनसम्म नामांकन पत्र भर्न सक्ने बताइएको छ। यसपाली जीटीए क्षेत्रका दुईवटा जिल्लाहरू दार्जिलिङ र कालेबुङमा पञ्चायत चुनाव गराइने भएको छ। पहाड़मा अन्तिमपल्ट २००० सालमा पञ्चायत चुनाव भएको थियो भने विगत लगभग २३ वर्षदेखि यता पञ्चायत चुनाव भएको थिएन। यसपाली दार्जिलिङ जिल्लामा जम्मा 70 वटा ग्राम पञ्चायतहरूमा ५९८ सिटहरूमा पञ्चायत चुनाव हुनेछ भने यसको लागि १ जनवरी २०२३ को गणना अनुसार दार्जिलिङ जिल्लामा जम्मा ३ लाख ८७ हजार ९ सय ५२ जना मतदाताहरू रहेका छन्। त्यसरी नै कालेबुङ जिल्लामा जम्मा ४२ वटा ग्राम पञ्चायतहरूमा २८१ सिटहरूमा पञ्चायत चुनाव हुने जसमा १ जनवरी २०२३ को गणना अनुसार १ लाख ७५ हजार ९ सय ३२ जना मतदाताहरू रहेको जानकारी प्राप्त भएको छ।









