जलपाईगुडी: लामो समयदेखि बन्द रहेका रायपुर चिया बगानमा पर्याप्त राशन नपाएपछि भोक र तिर्खाले मजदुर र कर्मचारीहररुकाे शरीर जीर्ण भएको छ। आक्रोशित आदिवासी मजदुरले कर्मचारीसहित खाद्यान्न वितरण केन्द्रमा ताला लगाएर विरोध प्रदर्शन गरेका छन्। चिया बगान चार वर्षदेखि बन्द छ। एकातिर काम र आम्दानी छैन, बाँच्ने साधन भनेको सरकारी रासन चामल, पीठो हो। लामो समयदेखि राशन सामग्री नपाउँदा बिहीबार चिया बगानका मजदुर आन्दोलित भएका छन्। आधा खाएर गुजारा चलाउँदै आएका असहाय मजदुरले कर्मचारीसँगै रासन दाेकानमा ताला लगाएका छन्।











