लाखौंको माछा मार्ने उपकरण बरामद, दुईजना पक्राउ

IMG-20230608-WA0262.jpg

सिलगढी: २ जुनमा सिलगढी नजिकैको फुलबारी टोलगेट इलाकामा रहेको माछा मार्ने उपकरण पसलबाट लाखौं रुपैयाँको माछा मार्ने उपकरण चोरी भएको थियो। पसलका मालिक विप्लव मण्डलले जुन ७ मा नयाँ जलपाईगुडी पुलिस स्टेशनमा लिखित उजुरी दिएका थिए। यसैबीच, नयाँ जलपाईगुडी थानाको पुलिसले उजुरीको आधारमा अनुसन्धान सुरु गरेको छ। यस घटनामा नयाँ जलपाईगुडी थानाको पुलिसले अनुसन्धान गरी दुई युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा फुलबारीको पश्चिम धन्तला क्षेत्रका मोहम्मद मोइनुद्दीन खान र सिलगढीको देशबन्धुपाडाका विराज बर्मन रहेका छन्। उनीसँग सोधपुछ गरेपछि मोइनुद्दीन खानको फुलबारीको घरबाट चोरी भएको सामान बरामद भएको हो।

About Author

Advertisement